काठमाडौँ

नेपाली कांग्रेसले जेठ २७ देखि जिल्ला सभापतिको भेला गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले २७ देखि २९ सम्म सभापतिको भेला काठमाडौं वा मकवानपुरमा गर्न लागेको हो । "/>

कांग्रेस जिल्ला सभापतिको भेला जेठ २७ मा

कांग्रेस जिल्ला सभापतिको भेला जेठ २७ मा


काठमाडौँ

नेपाली कांग्रेसले जेठ २७ देखि जिल्ला सभापतिको भेला गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले २७ देखि २९ सम्म सभापतिको भेला काठमाडौं वा मकवानपुरमा गर्न लागेको हो ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जिल्ला सभापति र महासमिति बैठकको मिति र स्थान छिट्टै टुंगो लाग्ने बताए । ‘पार्टी पदाधिकारी आन्तरिक छलफलमा जुटिरहनु भएको छ,’ उनले भने, ‘केही दिन भित्रै मिति र स्थान टुंगो लाग्छ ।’

पार्टीले जिल्ला सभापतिकोे भेला बोलाएसँगै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल निकट सभापतिहरू आन्तरिक छलफल र तयारीमा जुट्न थालेका छन् । सामुहिक र गुटगत स्वार्थका आधारमा दुवै पक्षका जिल्ला सभापति विधान संशोधन सहितका विषयमा छलफलमा जुटेका हुन् । गुटगत स्वार्थ र पार्टीलाई समग्ररूपमा अघि बढाउने गरी सामूहिक प्रस्ताव लैजान उनीहरू प्रदेश तहमै छलफलमा जुटेका छन् । प्रदेश पाँचले आइतबारका लागि भेला बोलाइसकेको छ भने अन्य प्रदेशका सभापति पनि सोही अनुसारको तयारीमा जुटेका छन् ।
नागरिकबाट

Logo