उजनको भिडियोमा सुष्मा कार्की र सोनिकाको कामुक अवतार (भिडियोसहित)

काठमाडौं । गायक उजन नेम्बाङको नयाँ गीत सार्वजनिक भएको छ । पप तथा र्‍याप मिश्रित ‘तिमी जस्ती राम्री’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यो भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ । हलिउड तथा बलिउडको जस्तो नभएपनि नेपाली सांगीतिक क्षेत्रमा अहिलेसम्मकै फरक भिडियो बनेको निर्माताहरुको दाबी छ ।

यस भिडियोलाई अफ्रिकन भावशैलीमा निर्माण गरिएको छ । एबि पिक्चर्स फार्मले निमार्ण गरेको उक्त म्युजिक भिडियोलाई राजधानीमै एक नाइट क्लवमा छायांकन गरिएको हो ।

यस भिडियोमा पछिल्लो समय नेपाली युवापुस्तामा बढ्दै गएको रात्री क्लव क्रेजलाई देखाउन खोजिएको छ । भिडियो केही हद कामुक शैलीमा निर्माण गरिएको छ ।

गायक उजनको स्वर, सुरेश राईको शव्द र संगीत तथा गोपाल रसाइलीको सगीत संयोजन रहेको भिडियोमा उजनले नै अभिनय गरेका छन् । यस भिडियोलाई फराज अर्पणले खिचको हुन् भने समिर मियाको सम्पादन रहेको छ ।

सोभित बस्नेतले निर्देशन गरेको यस भिडियोमा गायक उजनसँगै नायिका सुष्मा कार्की र मोडल सोनिका रोकायाको अभिनय रहेको छ । भिडियोमा सोनिकाको कामुक अवतार देख्न सकिन्छ ।