हवाना

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जना भन्दा बढी मानिसको मृत्यु भएको छ । "/>

भयानक विमान दुर्घटनामा एक सय जनाको मृत्यु !

भयानक विमान दुर्घटनामा एक सय जनाको मृत्यु !


हवाना

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जना भन्दा बढी मानिसको मृत्यु भएको छ । धुँवाको ठूलो मुस्लो देखिने बित्तिकै प्रत्यक्षदर्शीले दशकौँ यताको खराब हवाई दुर्घटना भएको महसुस गरेका थिए ।

हवानाको होसे मार्टी विमानस्थलबाट उड्ने बित्तिकै बोइङ ७३७ मा समस्या देखिएको थियो र त्यो नजिकैको खेतमा जोतिएको थियो । उद्धार कार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्‌कालीन अधिकारीहरू परिचालित भएका थिए । विमानमा १०४ यात्रु र मेक्सिकोका पाँच जना चालक दलका सदस्य सवार थिए । जसमा तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था पनि गम्भीर भएको बताइएको छ । मेक्सिकोको विमान एउटा कम्पनीबाट भाडामा लिएर क्युबाको सरकारी ध्वाजावाहकले उक्त विमान सञ्चालन गरिरहेको थियो।

विमान देशको पूर्वमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो । क्युबाका राष्ट्रपति मिगेल डिआस कनेलले दुर्घटना भएको क्षेत्रको भ्रमण गरी समवेदना व्यक्त गरेका छन् र आपत्‌कालीन उद्धारमा खटिने मानिसहरूको प्रशंसा गरेका छन् ।
रासस/सिन्ह्वा

Logo