काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताहरू बीच आरोप प्रत्यारोप सुरु भएको छ । "/>

मोदी भ्रमणको खर्चमा विवाद : नक्कली बिल बनाई अनियमितता !

मोदी भ्रमणको खर्चमा विवाद : नक्कली बिल बनाई अनियमितता !


काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताहरू बीच आरोप प्रत्यारोप सुरु भएको छ । मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सातवटा समिति बनाएको थियो । भ्रमणपछि सातवटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छन् ।

प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबीच खर्चलाई लिएर आरोप प्रत्यारोप चलेको छ । समितिले मोदीको भ्रमणमा मान्छे जुटाउन ३ सय ३५ वटा गाडी प्रयोग गरेको जनाएको छ । प्रदेश २ का ८ जिल्लाबाट जनकपुरमा मान्छे ल्याउन त्यति गाडी प्रयोग गर्नु परेको समितिका संयोजक साहले बताएका छन् । मान्छे ओसार्न ८ जिल्लामा प्रतिजिल्ला १५ देखि ७० का दरले गाडी प्रयोग भएको उनको दाबी छ ।

समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने आफ्नो गृहजिल्ला रौतहटमा १० वडा गाडी मात्र प्रयोग भएको दाबी सहित यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन् । रौतहटका प्रदेशसभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन् ।

मोदीको अभिनन्दन कार्यक्रम सफल बनाउन जनकपुरमा मात्र साँढे सात करोड रूपैयाँ सम्म खर्च भएको साहले बताए । यो खर्चको भुक्तानी केन्द्र सरकारसँग मागिएको उनले जानकारी दिए । साहले भने, ‘मोदीको जनकपुर भ्रमणमा लागेको खर्च पठाउन हामीले केन्द्र सरकारलाई आग्रह गरेका छौं । केन्द्र सरकारले सकारात्मक आश्वासन दिएको छ ।’
नागरिकबाट

Logo