सिन्धुली

सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका लप्से गाउँका किम घोलेले रक्सी पिएर घरायसी झगडा गर्दा श्रीमतीलाई पित्तलको पन्युले हिर्काउँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । "/>

पन्युले हानेर श्रीमतीको हत्या

पन्युले हानेर श्रीमतीको हत्या


सिन्धुली

सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका लप्से गाउँका किम घोलेले रक्सी पिएर घरायसी झगडा गर्दा श्रीमतीलाई पित्तलको पन्युले हिर्काउँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । श्रीमती बारीमा मकै गोडेर १ बजेतिर खाना खान घर आउँदा श्रीमानसँग झगडा भएको थियो । रक्सीले मातेका श्रीमानले रिसको झोकमा पन्युले हिर्काउँदा श्रीमतीको मृत्यू भएको हो ।

मृतकको शरीरलाई पोष्टमार्टमका लागि प्रहरीले सिन्धुली लगेको जानकारीमा आएको छ । अभियूक्त किम घोले श्रीमतीको हत्या गरेर भाग्न खोज्दा गाउँलेले समातेर पुलिसलाई बुझाएको छ । हाल उनी प्रहरी नियन्त्रणमा रहेका छन् । अभियुक्त घोले प्रायजसो रक्सी खाएर सधैं घरमा श्रीमतीलाई कुटपिट गर्दै आइरहेको गाउँलेहरुको भनाइ रहेको छ ।
राजधानीबाट

Logo