४ टेराबाईट क्षमताको मोवाइल आउँदै

४ टेराबाईट क्षमताको मोवाइल आउँदै


स्मार्टफोनका निर्माताहरुमा आफ्नो उत्पादनलाई अब्बल देखाउने विभिन्न किसिमका प्रतिस्पर्धाहरु भैरहेको छ । यो प्रतिस्पर्धामा कसले राम्रो र बढी क्षमताको क्यामेरा, मेमोरी, प्रोसेसर, स्क्रिन निकाल्ने भन्ने प्रतिस्पर्धा भैरहेको छ ।

चीनियाँ टेक्नोलोजी कम्पनी लेनोभोले सम्भवत आगामी जून महिनामा बजारमा ल्याउने स्मार्टफोनको स्टोरेज क्षमता ४ टेराबाईट रहने जनाएको छ । पछिल्लो पटक देखा परेका बढी क्षमताका क्यामेरा भएका स्मार्टफोनमा स्टोरेज क्षमता कम भएकै कारण प्रयोगकर्ताहरुलाई झन्झटिलो बन्दै गएको थियो । यही कुरा बुझेर लेनोभोले आफ्नो अर्को फ्ल्यागशिप स्मार्टफोनको रुपमा ल्याउन लागेको लेनोभो जेड फाइभमा ४ टेराबाईट क्षमता दिने जनाएको छ ।

चीनियाँ सामाजिक संजालमा लेनोभोका उपाध्यक्ष चाङ चेनले दिएको जानकारी अनुसार जूनमा बजारमा आउने लेनोभो जेड फाइभमा २ हजार एचडी मुभिज्, १५ लाख म्यूजिक फाइल र १० लाख फोटोहरु अटाउने छन् । यो स्मार्टफोनमा रहेका विभिन्न १८ किसिमका नयाँ सुविधाहरुको पेटेन्ट राईटको लागि अहिले कम्पनीले प्रयास थालेको जनाएको छ ।

पछिल्लो पटक लेनोभोका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले खासै रुचाउन नसकेको अवस्थामा यो स्मार्टफोन मार्फत् बजार लिने आशा राखेको छ ।

Logo