सरकारलाई सभामुखको ध्यानाकर्षण

सरकारलाई सभामुखको ध्यानाकर्षण


सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागेका छन् । 

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए ।

Skip This
Logo