पत्र-पत्रिका बाट

चक्रपथको बाँकी खण्ड विस्तारको सुरसारै छैन

काठमाडौँ

कलंकीदेखि महाराजगन्ज हुँदै कोटेश्वरसम्मको चक्रपथ सडकको बाँकी खण्ड विस्तारको अझै सुरसार भएको छैन । चिनियाँ पक्षले यसको विस्तृत अध्ययन गरी डिजाइन तयार पारे पनि नेपाल पक्षले प्रारम्भका कार्यतर्फ ध्यान  नदिएको बताउन थालिएको छ ।

चिनियाँ पक्षले कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो पार्नुका साथै यसअघि नै कलंकी–महाराजगन्ज ८ किमि खण्डको विस्तृत अध्ययन गरेको थियो । तर नेपाल आउने समय भए पनि चिनियाँ पक्ष आउने मितिको टुंगो नभएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा बताउनुहुन्छ।

चक्रपथको बाँकी खण्डको आर्थिक र प्राविधिक सहयोग चिनियाँ पक्षले नै गर्ने बताइएको छ । तर यसअघि नेपाल पक्षले बाटोमा पर्ने संरचना, बिजुलीको पोल, रूख हटाउनुपर्ने हुन्छ । यसतर्फ नेपाल पक्षको ध्यान अझै गएको देखिँदैन ।

सडक विभागका प्रवक्ता मुक्ति गौतम उक्त काम चक्रपथ सुधार योजनाले गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार पनि चिनियाँ पक्षले सर्भे गरेर डिजाइनको काम गरिरहेको छ । इन्जिनियर शर्माचाहिँ कोटेश्वर–कलंकी खण्डको काम सम्पन्न गर्ने योजनाको लक्ष्य भए पनि थप जिम्मेवारी नआएकाले चक्रपथको कामतिर ध्यान नगएको दाबी गर्नुहुन्छ ।

तर कोटेश्वर–कलंकी जस्तै रफ्तारमा बन्नुपर्ने चक्रपथको बाँकी खण्ड नबन्दा अन्योल सिर्जना भएको छ । सडक साँघुरिएकाले जामको समस्या बढेको छ । हाइटेन्सन लाइन, नाङ्गो बिजुलीको तार, पोल, रूखको व्यवस्थापन नहुँदा सवारी आवागमनमा अप्ठेरो परिरहेको छ । विभागले अहिलेसम्म दूरसञ्चार, विद्युत् प्राधिकरण लगायतलाई बिजुलीको तार, पोल, ढल हटाउन पत्रचारसमेत गरेको छैन ।
नेपाल समाचारपत्रबाट

Comment here

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS