८८ किलो सुन तस्करीका मुख्य दुई आरोपित रिहा

८८ किलो सुन तस्करीका मुख्य दुई आरोपित रिहा


८८ किलो सुन तस्करी काण्डका दुई मुख्य अभियुक्तलाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको छ । मुख्य अभियुक्त नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खे उन्मुक्ती पाएका हुन्।

पाँच लाख धरौटीमा उनीहरु बिहीबार रिहा भएको हो । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले पाँच लाख धरौटी लिएर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट भदौ १९ गते सुन बरामद गरेको थियो। अभियुक्तहरु जिल्ला र उच्च अदालतको आदेश विपरीत बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए ।

Skip This
Logo