पत्र-पत्रिका बाट

राज्यकोषबाट धमाधम करोडौँ बाँडिँदै, साढे पाँच महिनामा ५ करोड २३ लाख सकियो

काठमाडौँ

सरकारले बिना मापदण्ड र आधार आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ ।

आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले विगत साढे पाँच महिनाको अवधिमा राज्यकोषबाट ५ करोड २३ लाख ६५ हजार १ सय ३४ रुपैयाँ वितरण गरेको हो । गत साउनदेखि पुसको दोस्रो सातासम्म सरकार निकट ८४ जना तथा विभिन्न संघसंस्थालाई सो रकम वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को ठाडो प्रस्तावमा रकम वितरण गर्ने निर्णय गरिँदै आएको स्रोतको दाबी छ । मन्त्रिपरिषद्ले रकम वितरण गर्ने निर्णय गरे पनि रकम भने गृह मन्त्रालयबाट वितरण हुँदै आएको छ ।

मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले गत ९ पुसमा मात्रै एकै दिन ९० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । सोही दिनको मन्त्रिपरिषद् बैठकले ११ जनालाई ९० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार गोरखाका कुमार गुरुङलाई मात्रै २५ लाख रुपैयाँ दिने निर्णय गरिएको छ । यसैगरी सोही मन्त्रिपरिषद् बैठकले काठमाडौंस्थित ज्यापु संस्कृति विकास कोषलाई २१ लाख दिने निर्णय गरेको छ भने मकवानपुरका वीरबहादुर लामा, दाङका भुमा विक, प्युठानका कृष्णबहादुर केसी र खोटाङका कृष्णमाया कार्कीलाई ५–५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले नौ महिनामा आर्थिक सहायतास्वरूप ४० करोड रुपैयाँ वितरण गरेर आलोचना खेपेको थियो । वर्तमान सरकारले पनि त्यही शृंखला दोहो¥याउँदै आर्थिक सहायता दिने क्रमलाई जारी राखेपछि आलोचित हुन पुगेको छ ।
राजधानीबाट

Comment here

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS