काठमाडौँ

मलेसियामा कामदार पठाउन स्वास्थ्य परीक्षण, सुरक्षा र अध्यागमन प्रक्रियाका नाममा संस्था स्थापना गरी नेपाली युवाबाट २० महिनामा मात्र ३ अर्ब रुपैयाँँ भन्दा बढी असुली गर्ने गरेको पाइएको छ । "/>

प्रक्रियाका नाममा मलेसिया जाने युवाबाट ३ अर्ब असुली

प्रक्रियाका नाममा मलेसिया जाने युवाबाट ३ अर्ब असुली


काठमाडौँ

मलेसियामा कामदार पठाउन स्वास्थ्य परीक्षण, सुरक्षा र अध्यागमन प्रक्रियाका नाममा संस्था स्थापना गरी नेपाली युवाबाट २० महिनामा मात्र ३ अर्ब रुपैयाँँ भन्दा बढी असुली गर्ने गरेको पाइएको छ । अन्य देशमा जाने कामदारको तुलनामा मलेसिया जाने प्रतिकामदारबाट १८ हजार रुपैयाँँ भन्दा बढी शुल्क उठाएर १ लाख ८० हजार कामदारबाट ३ अर्ब भन्दा बढी असुलेको पाइएको हो ।

बढी सेवा शुल्क लिएको र स्वास्थ्य परीक्षणमा एकलौटी गरेको जनाउँदै सरकारले बिहीबार माइग्राम्स, बायोमेट्रिक, ओएससी र भीएलएन प्रणाली र संस्था खारेज गरेको छ । मलेसिया जाने कामदारसँग अवैध रूपमा उठाईंदै आएको शुल्क खारेज, स्वास्थ्य परीक्षण गर्ने संस्थाको सिण्डिकेट अन्त्य गरेको समेत सरकारले घोषणा गरेको छ । तर त्यसअघि नै विभिन्न वहानामा नेपाली युवाबाट ३ अर्ब रुपैयाँ भन्दा बढी असुली गरिसकेको देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विभिन्न बाहानामा माइग्राम्स, बायोमेट्रिक, ओएससी र भीएलनका नाममा असुल गरिंदै आएको शुल्क खारेज गरिएको जनाएका छन् । यो निर्णयसँगै अब मलेसिया जाने कामदारको सेवा शुल्क लगभग १८ हजार रुपैयाँ घट्ने देखिएको छ ।
कारोबारबाट

Logo