काठमाडौँ

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशत भन्दा कमले बढेका बेला चीन तर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । "/>

चीन तर्फको निर्यात ६० प्रतिशतले वृद्धि

चीन तर्फको निर्यात ६० प्रतिशतले वृद्धि


काठमाडौँ

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशत भन्दा कमले बढेका बेला चीन तर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकले नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उलेख्य बढेको छ ।

आर्थिक वर्ष ०७४/७५ को नौ महिना सम्ममा कुल वस्तु निर्यात ८.२ प्रतिशतले बढेर ५९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले बढेका थियो । यस अवधिमा भारततर्फ ६.९ प्रतिशत र अन्य मुलुकतर्फ ७.१ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुका आधारमा अलैँची, धागो, पोलिस्टर यार्न, अदुवा, तार लगायत वस्तुको निर्यात बढेको छ भने जुस, जिआई पाइप, ऊनी गलैंचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ । नौ महिनाको अवधिमा मुलुकमा आठ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको भन्दा २०.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो ।
नागरिकबाट

Logo