काठमाडौँ

नेपाली रुपैयाँ कमजोर हुने क्रम रोककिएको छैन । भारतीय रुपैयाँ निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो । "/>

किन हुँदैछ नेपाली रुपैयाँ डलरसँग कमजोर ?

किन हुँदैछ नेपाली रुपैयाँ डलरसँग कमजोर ?


काठमाडौँ

नेपाली रुपैयाँ कमजोर हुने क्रम रोककिएको छैन । भारतीय रुपैयाँ निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले स्थानीय बजार र डलरको मूल्यबीच सिधा सम्बन्ध भने हुँदैन । तर भारतीय अर्थतन्त्र कमजोर भएपछि डलरको दाँजोमा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।

नेपाल राष्ट्र बैंकले विहीबार १ डलर बराबर १ सय ८ रुपैयाँ ७८ पैसा तोकेको थियो । यस्तै बुधबार १ डलर बराबर बिक्रीदर १०९ रुपैयाँ २२ पैसा रहेको थियो भने मंगलबार मात्रै १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा थियो । डलरसँग रुपैयाँ कमजोर हुने क्रम लगातार भइरहेको देखिन्छ । वैशाखयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले बुधबार १ डलर बराबर ६७ रुपैयाँ ५२ पैसा भारु तोकेको थियो । मंगलबार १ डलर बराबर ६७.३१ भारु थियो । ३ साता अघि १ डलर बराबर ६६.६९ भारु थियो । भारतीय संचार माध्यमका अनुसार भारतको अर्थतन्त्र कमजोर भएको छ । जसका कारण भारुको अवमूल्यन हुन थालेपछि नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
कारोबारबाट

Logo