काठमाडौँ

विपत व्यवस्थापन क्षमता अभिवृद्धि लगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ । "/>

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर


काठमाडौँ

विपत व्यवस्थापन क्षमता अभिवृद्धि लगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार (आज) निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजीक्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो ।

यस्तो कामका लागि सामान्यतः निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले विशेष कामका लागि प्रयोग हुने आफ्नो हेलिकोप्टर प्रयोग गर्न लागेको हो । सेनाले हेलिकोप्टर खरिद गर्दा सैन्य गतिविधि तथा विपत व्यवस्थापनका लागि प्रयोग गर्ने भनेर प्रस्ताव गर्छ । तर पछिल्लो समय सेनाको हेलिकोप्टर निजी क्षेत्रको व्यापारिक प्रयोजनमा प्रयोग हुन थालेको छ । यसमा सेनाको व्यापारिक उद्देश्य र केही अधिकृतको अतिरिक्त आम्दानीको इच्छाले काम गरेको जानकार स्रोत बताउँछ ।
नागरिकबाट

Logo