काठमाडौँ

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । "/>

एकताको खुशीयालीमा काठमाडौँमा दीपावली

एकताको खुशीयालीमा काठमाडौँमा दीपावली


काठमाडौँ

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली गरिएको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिए ।

यता रुपन्देहीका विभिन्न स्थानमा पनि दुवै पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा दीपावली गरेका छन् । पार्टी एकीकरणबाट निर्वाचनका बेला जनता समक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित एमाले रुपन्देहीका सदस्य बाबुराम पन्थीले बताए ।

एकीकरणको सन्देश अब आम जनतामा पु¥याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका नेता वनोद पहाडीले भने “यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।”

बालुवाटारमा केक

यसैगरी एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको थियो । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सव समेत मनाए । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।
रासस

Logo