काठमाडौं

सरकारले काभ्रेको नागीडाँडामा निर्माण गर्ने भनिएको आन्तरिक विमानस्थलका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । "/>

काभ्रेमा बन्ने विमानस्थलको लागत १० अर्ब भन्दा बढी हुने

काभ्रेमा बन्ने विमानस्थलको लागत १० अर्ब भन्दा बढी हुने


काठमाडौं

सरकारले काभ्रेको नागीडाँडामा निर्माण गर्ने भनिएको आन्तरिक विमानस्थलका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको एक प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनमा १० अर्ब भन्दा बढी खर्च हुने देखिएको हो ।

काभ्रेको नागीडाँडामा विमानस्थल बनाउनको लागि झन्डै ४५ मिटर डाँडा कटान गर्नुपर्ने तथा मुआब्जामै ठूलो रकम खर्च हुने अध्ययनमा देखिएको छ । अनेकौं प्रतिकुलताका बीचमा पनि विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विशेष जोडबल देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको विकल्पका रुपमा हेरिएको यो विमानस्थल निर्माणले आन्तरिक उडान ‘डाइभर्ट’ हुनेमा समेत धेरैले विश्वास गर्न सकेका छैनन् ।

मन्त्री अधिकारीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा कुनै पनि बहानामा विमानस्थल निर्माण हुने कार्यबाट पछाडि नहट्ने बताए ।  विमानस्थलको धावनमार्ग ८ सय देखि १२ सय मिटर मात्र हुने भएकोले पनि समस्याको समाधन गर्न नसक्ने जानकारहरू बताउँछन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल ७ अर्ब रुपैयाँमा तयार हुने अवस्था रहे पनि काभ्रेमा आन्तरिक विमानस्थलकै लागि १० अर्ब रुपैयाँ खर्चिनु कत्तिको उपयुक्त हो भन्ने प्रश्न पनि उठेको छ । आन्तरिक उडान गर्ने त्यसमा पनि साना विमान मात्र उडान गर्ने गरी निर्माण गरिने विमानस्थलले बिजनेस नै नपाउने प्राधिकरणकै अधिकारीहरू बताउँछन् ।
कारोबारबाट

Logo