नेपालगञ्ज

बाँकेमा नक्कली महको कारोबार अत्याधिक बढेको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले लामो समय देखि नक्कली महको कारोबार गर्दै हिँड्ने दुई जना भारतीयलाई ठूलो परिमाणको नक्कली मह सहित पक्राउ गरेपछि सो खुलासा भएको हो । "/>

६ सय लिटर नक्कली मह सहित दुई जना पक्राउ

६ सय लिटर नक्कली मह सहित दुई जना पक्राउ


नेपालगञ्ज

बाँकेमा नक्कली महको कारोबार अत्याधिक बढेको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले लामो समय देखि नक्कली महको कारोबार गर्दै हिँड्ने दुई जना भारतीयलाई ठूलो परिमाणको नक्कली मह सहित पक्राउ गरेपछि सो खुलासा भएको हो ।

प्रहरीले उनीहरूको साथबाट ६२९ लिटर गुणस्तरहीन मह बरामद गरेको जनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ९ झन्डहवाबाट अवैध रूपमा भारतबाट गुणस्तरहीन मह र त्यसमा मिसावट गर्ने विभिन्न सामान ल्याई मिसावट गरिरहेको अवस्थामा प्रहरीले मिसावट गरेको ६०९ लिटर नक्कली मह बरामद गरेको जनाएको छ । भारतको खलिलावाद घर भई अस्थायी रूपमा कोहलपुर नगरपालिका–८ मा बसोबास गर्दै आएका ४८ वर्षीय अलाउद्दिन अन्सारी र वर्ष १८ को राजु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूका साथबाट १५ लिटरका ४० वटा ग्यालिन र एक लिटरका २९ बटा बोतलमा गरी जम्मा ६२९ लिटर तयारी मह र मह मिसावट गर्ने चुक जस्तो तरल पदार्थ एक ग्यालिनमा रहेको १५ लिटर पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
गोरखापत्रबाट

Logo