काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देश बीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । "/>

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी यस्तो

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी यस्तो


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देश बीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालय लगायतले काम गरिरहेका छन् ।

‘प्रधानमन्त्री ज्यू चीन जाने पक्का हो । बजेट भाषण (जेठ १५) अघि जान मिल्दैन । त्यसैले उहाँ बजेट भाषणपछि जानु हुनेछ,’ प्रधानमन्त्री निकट एमाले नेता राजन भट्टराईले भने । भ्रमण जुन महिनामै गर्ने विषयमा दुवै देशबीच कूटनीतिक तहमा छलफल चलिरहेको छ ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कम्तीमा ६ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । पारवहन यातायात सम्झौताको प्रोटोकल, नेपाल–चीन खुला व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्र सम्बन्धी समझदारीपत्र, लगानी तथा उत्पादन क्षमता सम्बन्धी समझदारीपत्र, तेल भण्डारण सुविधा निर्माण गर्ने सम्बन्धी सम्झौतापत्र र ऊर्जाक्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।
नागरिकबाट

Logo