काठमाडौं

‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन अयोगमा दर्ता नहुने भएको छ । "/>

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता नहुने !

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता नहुने !


काठमाडौं

‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन अयोगमा दर्ता नहुने भएको छ । विधिवत रुपमा यस अघि नै आयोगमा दर्ता भएका पार्टी पुनः त्यही नाम र चुनाव चिन्हमा दर्ता हुन नसक्ने निर्वाचन आयोगका सहप्रवक्ता उपसचिव मुकुन्द शर्माले जानकारी दिए ।

उनले एउटै नाम र चुनाव चिन्ह भएका एक भन्दा बढी पार्टी संबैधानिक व्यवस्था अनुसार पनि आयोगमा दर्ता नहुने बताए । निर्वाचन आयोगमा ऋषि कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता भइसकेको छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बिहीबार ‘नेपाल कम्युनिस्ट पार्टी’ नाममा एक हुने भएका छन् ।

माओवादी नेता वर्षमान पुन अनन्तका अनुसार बिहीबार दिउँसो ३ बजे ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता हुँदैछ । यता नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमाले–माओवादीसँग एकीकरण पनि नगर्ने र आफ्नो नाम पनि नदिने बताए ।
नयाँ पत्रिकाबाट

Logo