रुकुम

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका ५ दिन देखि बेपत्ता भएका छन् । "/>

गाडी हेर्न गएका तीन जना बालबालिका बेपत्ता !

गाडी हेर्न गएका तीन जना बालबालिका बेपत्ता !


रुकुम

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका ५ दिन देखि बेपत्ता भएका छन् । पुथा उत्तरगंगा–१ रन्मैकोटका सात वर्षीय दुवै पुन, दामन पुन, ६ वर्षीया सुहाना पुन र पाँच वर्षीय काले पुन गत वैशाख २९ गते स्थानीय पिपलटुङ भन्ने ठाउँमा गाडी हेर्न जाने भन्दै घरबाट निस्केका थिए ।

गाडी हेर्न गएका मध्ये पाँच वर्षीय कालेलाई स्थानीयले जङ्गलमा भेट्टाएपछि आफ्न्तलाई बुझाएका थिए । तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । उनीहरु बाटो बिराएर जंगलतिर गएको हुन सक्ने प्रहरीको अनुमान छ । गाउँबाट चार घण्टा हिँडेर गाडी सञ्चालन हुने ठाउँमा पुग्न सकिन्छ ।
रासस

Logo