लामो रेशकी जसिता (भिडियो कथा)

लामो रेशकी जसिता (भिडियो कथा)


गत चैत्र ३० मा एउटा नेपाली चलचित्र प्रदर्शनमा आयो । यस चलचित्रले निर्माताको खल्ती राम्रैसँग भरिदियो । अभिनेता प्रदीप खड्काले यही चलचित्रवाट हिटमा ह्याट्रिक गरे । र, सँग–सँगै चलचित्र उद्योगले एक सुन्दरी अभिनेत्री पायो । ती सुन्दरी अरु कोही नभएर चलचित्र लिलिविली की नायिका जसिता गुरुङ हुन् । जो आजका दिन अर्थात मे १६ मा बर्थ डे केक काट्न मस्त छिन् ।
लिलिविलि प्रदर्शनमा आएपछि यसले दर्शकको मन जित्यो । सँगसँगै फिल्म अवार्डमा जुरीको पनि मन जित्न सफल भयो । जसिता गुरुङले यही फिल्मवाट उत्कृष्ठ नव नायिकाको अवार्ड जित्न सफल भइन, एनएफडिसी फिल्म अवार्ड मार्फत । अर्थात जसिता पहिलो फिल्मवाट नै सफलता चुम्ने अपवाद नायिकामा दरिइन् ।

यी सुन्दरी नायिकालाई नेपली सिनेमा क्षेत्रले भर्खरै पाएको हो । तर यूकेले भने उनलाई केही समयअघि नै पाएर कलाकारको रुपमा अनुमोदन गरिसकेको छ । सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो यू के डान्स अफमा १३ प्रतिष्पर्धीलाई उछिनेर जसिता विजेता बनेपछि उनको चर्चा समग्र युरोपमा भइरहेको छ । पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी हुन् । उनको बसाई बेलायतको विन्चेस्टरमा छ ।

उनी १२ बर्षमा टेक्दा टेक्दै परिवार सँगै यूके वसाई सरेकी हुन् । त्यसयता उनी यूके मै बस्दै आएकिछन् । सानैदेखि डान्स्मा रुची भएकी जसिता त्यसैवेलादेखि डान्स कम्पिटिसनहरुमा सहभगी हुन्थिन् । उनलाई त्यही नृत्यले नेपाली फिल्म क्षेत्रमा ल्याइपुर्यायो ।

सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ २०१७ मा संजोगबस निर्देशक मिलन चाम्ससँग उनको भेट भयो । र, आम दर्शकलाई जस्तै जसिताको नृत्यले मिलनलाई पनि मोहित बनायो । सबैलाई मोहनी लगाउने जसिता चलचित्र लिलीबिलीमा आबद्ध भएपछी त झन् उनको ‘इनोसेन्ट फेस’मा लठ पर्नेको संख्या बढेको बढै छ ।

लोकप्रिय अभिनेता प्रदीप खड्कासँग लिलीबिलीमा ‘स्क्रिन सेयर’ गरेपछि पनि जसिता धेरैकी प्रिय भएकि हुन सक्छिन् । जसिता र प्रदीपको ‘अन स्क्रीन रोमान्स’को झल्को बुझ्न लिलीबिलीका केही दृश्य नै काफी छन् । यसै फिल्मको ‘ट्रेलर’ र गीतले नै यो जोडी अग्रिम हिट भइसकेको थियो ।
उनले धेरैलाई फ्यान बनाउने प्रमुख कारण लिली विली नै हो । किनभने अहिलेसम्म उनको कला आम दर्शकले देखेको यसैमा हो । यही कारण जसितालाई अर्को चलचित्रमा हेर्न दर्शकलाई आतुर वनाएको हुनुपर्छ ।

सुन्दरता, अभिनय कौशलता, मिलनसार र मिहिनेती भएकै कारण उनी सफलता पाउन सक्षम भइन भन्दा फरक पर्दैन । गुडिया जस्तो फेस र बब्ली क्यारेकट उनलाई रुचाइनुको मुल कारण हो । सायद यही कारण नपत्याउँदो पारामा जसिताका फ्यान हरेक दिन चौगुना भइरहेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा ब्यक्त प्रतिक्रिया हेर्ने हो भने उनको अर्को फिल्म कहिले आउँछ भन्ने प्रतिक्षा आजैदेखि सुरु भएको पाइन्छ । उनको सफल भविश्यको मापन सायद यही नै हो ।
राम्रो फिल्म पाएको खण्डममा नेपाल नै बस्ने सोचाइमा रहेकी जसिता नेपाली चलचित्रमा लामो रेशकालागी आएकि हुन् भन्यो भने गलत नहोला ।

 

Logo