सिन्धुली

साँघुरो र मोड नै मोड भएको बर्दीबास-सिन्धुली-बनेपा (बीपी) राजमार्गमा पछिल्लो समय हायस गाडीको ठक्करबाट दैनिकजसो धेरैको ज्यान जान थालेको छ । "/>

बीपी राजमार्गमा सडक दुर्घटना वढ्दो : ३ वर्षमा १३५ को ज्यान गयो

बीपी राजमार्गमा सडक दुर्घटना वढ्दो : ३ वर्षमा १३५ को ज्यान गयो


सिन्धुली

साँघुरो र मोड नै मोड भएको बर्दीबास-सिन्धुली-बनेपा (बीपी) राजमार्गमा पछिल्लो समय हायस गाडीको ठक्करबाट दैनिकजसो धेरैको ज्यान जान थालेको छ । महोत्तरीको बर्दिबास देखि काभ्रेको बनेपासम्मको झन्डै १ सय ६० किलोमिटर दुरीमा चल्ने हायस गाडीका कारण दैनिक सडक दुर्घटना हुन थालेको हो ।

गत शनिवार मात्र बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ४ हरिपानी नजिकै बा ५ ख ८४० नम्बरको हायसले बा ७२ प ४९२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक दुधौली नगरपालिका ६ हर्षाहीका अन्जीत कुँवरको घटनास्थलमै मृत्यु भयो । उनीसँगै सवार गणेश फस्नेत गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगियो ।

त्यसको २४ घण्टा नबित्दै आइतबार कमलामाई नगरपालिका–२ को चियावारीमा हायसकै कारण अर्को दुर्घटना भयो । बा ३ ख ८२७० नम्बरको हायसले मे १ ज २३३६ नम्बरको सुमोलाई ठक्कर दिँदा १२ जना भन्दा धेरै घाइते भए । यी त केही प्रतिनिधि घटना मात्र हुन् ।

बीपी राजमार्ग पूर्ण रूपमा तयार भई सञ्चालन भएको तीन वर्ष नबित्दै हायसका कारण भएका सडक दुर्घटनाबाट मात्र एक सय ३५ को ज्यान गइसकेको छ । दुर्घटनामा एक सय ५५ गम्भीर र एक सय ७० सामान्य गरी कुल ३ सय २५ जना घाइते भएका छन् ।
अन्नपूर्णबाट

Logo