काठमाडौं

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्य सहित चिनियाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । "/>

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार


काठमाडौं

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्य सहित चिनियाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन जानु अघि नै स्थान पहिचान गर्ने उद्देश्य सहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो । जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सो को विवरण चिनियाँ पक्षलाई दिने सरकारको योजना छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशीको नेतृत्वको टोलीले नुवाकोट र तनहुँमा स्थलगत अध्ययन सकेको छ भने ललितपुरको छम्पीमा केहीदिनमा नै स्थलगत अध्ययन हुँदैछ । ‘नुवाकोटस्थित बट्टारमा र तनहुँको खैरनीटार पुगेर स्थलगत अध्ययन सम्पन्न गरिसकेका छौं,’ जोशीले भने, ‘अब ललितपुरको छम्पीमा पनि स्थलगत अध्ययन गरिसकेपछि प्रतिवेदन परराष्ट्र मन्त्रालयमा बुझाउँदै छौं ।’
नागरिकबाट

Logo