काठमाडौं

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । "/>

मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च !

मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च !


काठमाडौं

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले तयार पारेको खर्च विवरण अनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसारमा ७ करोड २० लाख खर्च भएको हो ।

मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खर्च व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले ७ करोड २० लाख स्वीकृत गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव गरेको छ ।
नयाँ पत्रिकाबाट

Logo