कमला दाहाल फिचर्ड ‘मर्छु बरु छटपटीमा’ सार्वजनिक (भिडियोसहित)

गायिका अञ्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘मर्छु बरु छटपटीमा’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा अञ्जु पन्त र मनोज राजको मिठो स्वर रहेको छ । गीतमा लोकराज अधिकारीको शब्द रहेको छ भने गोबिन्द मधुर आचार्यले संगीत भरेका छन् । राजु शाह निर्देशित गीतमा कुनै समयका चर्चित अभिनेता धिरेन शाक्य र कमला दाहाल फिचर्ड छन् ।

यो गीतमा दिब्यराज सुवेदीको छायांकन र दिशोन शाहको सम्पादन रहेको छ ।