भक्तपुर

प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीयतह अन्तर्गतका कार्यालय मंगलबार (आज) एक दिन बन्द हुने भएको छ । "/>

लामिछानेको शोकमा मंगलबार भक्तपुरका स्थानीयतह बन्द हुने

लामिछानेको शोकमा मंगलबार भक्तपुरका स्थानीयतह बन्द हुने


भक्तपुर

प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीयतह अन्तर्गतका कार्यालय मंगलबार (आज) एक दिन बन्द हुने भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुख सहितको बैठकले सो दिन जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालय एक दिन बन्द गरिने चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

यता एमाले भक्तपुरले एमाले भक्तपुरसचिव एवं प्रदेश नं ३ का प्रदेश सदस्य लामिछानेको निधनमा शोक मनाउँदै तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको जिल्ला कमिटीका कावा अध्यक्ष वचन देउजाले जानकारी दिए ।
रासस

Logo