रसुवा

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । "/>

जलविद्युत आयोजना निर्माण गर्दा पहिरो गएपछि रसुवामा यातायात ठप्प

जलविद्युत आयोजना निर्माण गर्दा पहिरो गएपछि रसुवामा यातायात ठप्प


रसुवा

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो ।

जलविद्युत आयोजना निर्माण गर्दा डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय नभएको डिभिजन प्रमुख निरज शाक्यले बताए । पहिरोले सडक भासिँएर तलतिर पुर्याएको छ । सडक अवरुद्ध भएपछि डेड सय भन्दा बढी साना ठुला गाडी बिच बाटोमै रोकिएका छन् । सडक सञ्चालनका लागि सडक मर्मत तथा निर्माणको कार्य अघि बढाइएको छ ।
नागरिकबाट

Logo