काठमाडौँ

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ । "/>

सुन तस्करी प्रकरण : गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण !

सुन तस्करी प्रकरण : गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण !


काठमाडौँ

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ । अघिल्लो वर्ष साँढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो ।

उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीन वटा नाम राखी व्यक्ति नै ‘यकीन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिने छ’ भन्दै सरकारी वकिलले अदालतमा राय पेस गरेर उन्मुक्ति दिइएको थियो ।

सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्वाध सुन तस्करीको अवसर पाएका थिए । त्यसमाथि बहालवाला प्रहरी अधिकृतहरुले नै सुनको सुराकी दिने व्यक्तिका रुपमा प्रयोग गर्नु र केही प्रहरी अधिकृतहरु उनलाई जोगाउन समेत लागि परेका थिए । अपराध महाशाखालाई ६ महिना अघि सुनको सुराकी दिनु तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत गोरेलाई जोगाउन लागि परेको समेत देखिएको छ ।
नागरिकबाट

Skip This
Logo