काठमाडौँ

चालु आर्थिकवर्षको नौं महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । "/>

इन्धनको आयात ३४ प्रतिशतले वढ्यो

इन्धनको आयात ३४ प्रतिशतले वढ्यो


काठमाडौँ

चालु आर्थिकवर्षको नौं महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको यही अवधिको तुलनामा ३४.४ प्रतिशतले बढी परिमाणमा पेट्रोलियम पदार्थ आयात भएको हो ।

यो अवधिमा एक खर्ब १७ अर्ब २९ करोड ३४ लाख मूल्य बराबरको आयात भएको छ । गत वर्ष यही अवधिमा ९७ अर्ब ३ करोड ९२ लाख मूल्य बराबरको हाराहारीमा पेट्रोलियम पदार्थ आयात गरिएको थियो । यो वर्ष इन्धनको खपत उच्च परिमाणमा वृद्धि भएको हो । त्यसै गरी सीमा क्षेत्रबाट अवैध रुपमा भारतीय क्षेत्रमा समेत चोरी निकासी हुँदा इन्धनको आयात दर वृद्धि भएको हो । भारत भन्दा नेपालमा इन्धन सस्तो छ ।

अत्यधिक परिमाणमा आयात हुने सूचीमा दोस्रो नम्बरमा आइरन, स्टिल र यसको कच्चा पदार्थ परेको छ । अघिल्लो वर्षको नौं महिनाको अवधिमा २६.४ प्रतिशतले वृद्धि भएर यो वर्ष ९७ अर्ब २१ करोड २७ लाख मूल्यबराबरको आइरन तथा स्टीलजन्य उत्पादन नेपालमा आयात भएको छ ।

यसैगरि यसपछि कृषि मुलुक भन्दै नेताहरूले भाषण गरिरहँदा नेपालमा खाद्यान्नको आयात पनि बढेको छ । अघिल्लो वर्ष नौं महिनाको तुलनामा यो वर्षको नौ महिनामा ११ प्रतिशतले वृद्धि भएर ३२ अर्ब ६६ करोड ७२ लाख मूल्यबराबरको खाद्यान्न नेपालमा आयात गरिएको छ ।

अघिल्लो वर्ष यही अवधिमा २९ अर्ब ४३ करोड ९७ लाख रुपैयाँको खाद्यान्न नेपालमा भित्रिएको थियो । चालु वर्षको नौं महिनाकै अवधिमा अघिल्लो वर्षको नौं महिनाको अवधिमा १६.३ प्रतिशतले आयात दर वृद्धि भएर ११ अर्ब ५१ करोड ८९ लाख मूल्य बराबरको सोयाविनको कच्चा तेल पनि आयात भएको छ ।
अन्नपूर्णबाट

Logo