म्याग्दी

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार भीषण वर्षापछि आएको बाढीले दुई वटा घर पुरेको छ । "/>

तातोपानीमा बाढीबाट दुई घर पुरिए

तातोपानीमा बाढीबाट दुई घर पुरिए


म्याग्दी

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार भीषण वर्षापछि आएको बाढीले दुई वटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए ।

भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुई वटा घरमा समेत क्षति पु¥याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत क्षति पुगेको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । यस्तै बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ ।
रासस

Logo