तिन वटा स्क्रिन भएको डिभाईस दर्ता

तिन वटा स्क्रिन भएको डिभाईस दर्ता


ग्याजेट निर्माता कम्पनीहरु आफ्ना प्रतिस्पर्धिहरुलाई पछि पार्न विभिन्न नयाँ मोडलहरु ल्याउने तयारीमा रहेका छन् । मोवाइल फोनकै क्षेत्रमा केही कम्पनीहरु अहिले फोल्ड गर्न मिल्ने डिभाइसको क्षेत्रमा काम गरिरहेका छन् ।

स्मार्टफोनको क्षेत्रमा खासै उल्लेखनिय कार्य गर्न नसकेको माइक्रोसफ्ट कम्पनीले अरुहरुले फोल्डेबल डिभाइसको निर्माण गरिरहेको अवस्थामा आफुलाई त्यो भन्दा अगाडी बनाउन तिनवटा स्क्रिन भएको डिभाइस बनाउने तयारीमा जुटेको छ । यसका लागि माइक्रोसफ्ट कम्पनीले हालै पेटेन्ट (प्रतिलिपि अधिकार) दर्ता समेत गरेको जनाएको छ ।

विभिन्न संचारमाध्यमहरुमा आएको रिपोर्ट अनुसार माईक्रोसफ्टले दर्ता गरेको तिनवटा स्क्रिन भएको डिभाइस ट्याबलेटको आकारमा रहेको छ । पेटेन्ट एप्लिकेसन्सका अनुसार यो डिभाईस अगाडी र पछाडी दुबै तर्फ फोल्ड गर्न मिल्ने किसिमको रहेको छ । यो सेटमा दुई वटा मेन डिस्प्ले रहेको छ जुन खोल्दा मात्र देखिन्छ । यसमा रहेको तेस्रो डिस्प्ले तल्लो भागमा रहेको हुन्छ ।

यो कन्सेप्टको डिभाइस अहिले पेटेन्टको रुपमा मात्र सुरक्षित गरिएको छ । यसलाई माइक्रोसफ्टले कहिले देखि बजारमा ल्याउने हो त्यो कुरा भने अहिले खुलाएको छैन । फेल्डेबल डिभाईसको क्षेत्रमा जेडईटीले यसअघिनै एक्सन एम स्मार्टफोनलाई बजारमा ल्याइसकेको छ । यो डिभाइसको लोकप्रियतालाई हेर्ने हो भने आगामी केही महिनामा केही अरु कम्पनीहरुले पनि यस्ता किसिमको डिभाइसहरुलाई बजारमा ल्याउने देखिन्छ ।

Logo