वीरगन्ज

पर्सामा फेरि एउटा बालविवाह रोकिएको छ । पर्साको विन्दवासीनी गाँउपालिका स्थित विन्दवासिनी मन्दिरमा शनिवार १३ वर्षीय बालक र १५ वर्षीया बालिकाबीच हुँदै गरेको बिहे प्रहरी पुगेपछि रोकिएको हो । "/>

यसरी रोकियो बालविवाहः प्रहरी पुगेपछि मण्डपबाटै भागे बेहुला-बेहुली !

यसरी रोकियो बालविवाहः प्रहरी पुगेपछि मण्डपबाटै भागे बेहुला-बेहुली !


वीरगन्ज

पर्सामा फेरि एउटा बालविवाह रोकिएको छ । पर्साको विन्दवासीनी गाँउपालिका स्थित विन्दवासिनी मन्दिरमा शनिवार १३ वर्षीय बालक र १५ वर्षीया बालिकाबीच हुँदै गरेको बिहे प्रहरी पुगेपछि रोकिएको हो । बालविवाह हुन लागेको सूचना पाएर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद साह नेतृत्वको टोली मन्दिर परिसरमा पुगे लगत्तै विवाह मण्डपबाट केटा–केटी दुवै पक्ष फरार भएका हुन् ।

‘वालविवाह भइरहेको खबर पाए लगत्तै मन्दिर परिसरमा प्रहरी पुग्दा बेहुला र बेहुलीलार्इ लिएर उनीहरुका अभिभावक भागी सकेका थिए’, प्रहरी सहायक निरीक्षक साहले भने, ‘हामी त्यहाँ पुग्दा मण्डप खाली थियो ।’ मन्दिर परिसरमा बनाइएको विहे मण्डपमा प्रहरी पुग्नु अगावै केटा–केटी पक्ष भागिसकेका कारण उनीहरुको नाम ठेगाना पनि खुल्न नसकेको साहले बताए ।

स्थानीयले मन्दिरमा बालविवाह हुन लागेको खबर जिल्ला प्रहरी कार्यालय पर्सामा गरेका थिए । खबरपछि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पोखरीयालाई तत्काल पुगेर बिहे रोक्न निर्देशन दिएको थियो ।
अन्नपूर्णबाट

Logo