काठमाडौं

आव्हान समुहले आज राजधानीको थापाथली स्थित मार्टिन चौतारीको सभाहलमा एक कार्यक्रम गर्यो । "/>

यस्तो रह्यो आव्हानमा पारिजात संवाद

यस्तो रह्यो आव्हानमा पारिजात संवाद


काठमाडौं

आव्हान समुहले आज राजधानीको थापाथली स्थित मार्टिन चौतारीको सभाहलमा एक कार्यक्रम गर्यो । कार्यक्रमको उद्देश्य थियो साहित्यकार पारिजातका जीवनका लुकेका कुराहरुका बारेमा जानकारी दिनु । सोहि उद्देश्य अनुसार भएको कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइवा र साहित्यकार आहुतीले पारिजातका नखुलेका पाटाहरुका बारेमा उपस्थित सबैलाई जानकारी दिएका थिए ।

पारिजातका स्वभाव, चरित्र, रुचि र व्यक्तित्वका बारेमा बहिनी सुकन्याले स्मरण गरिरहँदा उपस्थितहरु उत्सुक र जिज्ञासु थिए । बोल्दै सुकन्याले तत्कालिन समाजमा व्याप्त बेइमानीका बाबजुद पनि पारिजात निडर भएर साहित्य लेखनमा लागेको बताइन् । सुकन्याका अनुसार पारिजातको कुनै पनि पूरुषहरु प्रति पूर्वाग्रह थिएन । साहित्यका अतिरिक्त उनी समाजसेवामा पनि सक्रिय रहेकी थिइन् । उनले त्यतिबेलाको गरिवी, दुःख, अभावहरु सँग सामना गर्नु परेको थियो ।

पारिजातकै विषयहरु माथि उठेका जिज्ञासाहरुको जवाफ दिदैं आहुतीले अवसर पाइयो भने हामीहरु पनि उनी जस्तै हुन सक्छौं तर यसका लागि निडर र धैर्यता भने जरुरी रहेको बताए । आहुतीका अनुसार कठिन समयका बाबजुद् पनि संगठित भएर काम गर्न सक्नु पारिजातको उल्लेख्य पाटो थियो ।

पारिजातका विविध आयामहरु बारे जानकारी दिन र उनका विषयमा उठेका भ्रमहरु चिर्न कार्यक्रम सफल भएको आव्हानकी उमा सुवेदीले बताइन् । यस समुहले प्रत्येक २ २ महिनामा यस्ता साहित्यिक कार्यक्रमहरु गर्दै आएको पनि उनले जानकारी दिइन् । कार्यक्रममा ६० जना भन्दा धेरैको उपस्थिती रहेको थियो ।

Logo