लुम्बिनी ।

छोरीलाई कलिलै उमेरमा रक्त क्यान्सर रोगले समाएपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ भगवानपुरका कृषक जयप्रकाश श्रीवास्तवको परिवार यतिखेर गम्भीर चिन्तामा परेको छ । "/>

छोरीको उपचारमा सघाउन श्रीवास्तव परिवारको याचना

छोरीको उपचारमा सघाउन श्रीवास्तव परिवारको याचना


लुम्बिनी ।

छोरीलाई कलिलै उमेरमा रक्त क्यान्सर रोगले समाएपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ भगवानपुरका कृषक जयप्रकाश श्रीवास्तवको परिवार यतिखेर गम्भीर चिन्तामा परेको छ । 

विकट बस्तीमा कमजोर आर्थिक अवस्था रहेका श्रीवास्तवकी छोरी अंकितामा आठ वर्षको उमेरमै गम्भीर प्रकृतिको रोग देखिएपछि जयप्रकाशले विगत चार वर्षयता उपचारमा लाखौँ रुपैयाँ खर्च गरिसक्नुभएको छ । 

उहाँका अनुसार चार वर्षअघि रक्त क्यान्सर भएको पत्ता लागेपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा अंकिताको उपचारमा रु ३५ लाखभन्दा बढी खर्च भइसकेको छ । 

प्रत्येक महिना रक्त परीक्षण गर्दा र औषधि र जान आउन १३ हजारभन्दा बढी खर्च हुने गरेको घरमै आएको सञ्चारकर्मीको टोलीलाई दुुखेसो सुनाउँदै उहाँले भन्नुभयो, “पछिल्लो तीन महिनायता औषधिले राम्रो काम गर्न थालेपछि रगत चढाउन नपरेका कारण खर्च पनि घट्दै आएको छ र छोरीलाई बचाउन सकिने आशा पलाउन थालेको छ ।” 

उपचारका लागि केही भएको जग्गा बन्धकी राखेको, उत्पादित अन्न बिक्री गर्नुका साथै स्थानीय महिला समूहबाट समेत ऋण लिएको पीडा पोख्दै टोलीलाई श्रीवास्तवले भन्नुभयो, “छोरीको उपचारका लागि अहिलेसम्म कहीँ कतैबाट कुनै पनि सहयोग पाएको छैन ।” 

अंकिताकी आमा रागिनीदेवी श्रीवास्तवले भावविह्ल हुँदै छोरी बचाउन सबैसँग सहयोगको अपिल गर्दै भन्नुभयो – “छोरीलाई कडा रोग लागेपछि अहिले हाम्रो परिवारमा ठूलो दुःख आइलागेको छ । सातजनाको परिवार चलाउन मुश्किल भइरहेको छ ।” 

पोखरामा सञ्चालित फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले फेवा चौतारी कार्यक्रममार्पmत संकलन भएको रु ३५ हजार १०० घरमै पुगेर अंकितालाई हस्तान्तरण गर्नुभएको छ । 

आफू पढेर डाक्टर बन्ने र दिनदुःखीको सहयोग गर्ने इच्छा राख्ने अंकिता विद्यालय परिवारबाट माया पाएका कारण पढाइलाई निरन्तरता दिन सकेको बताउँछिन् । 

बा¥ह वर्षीया अंकिता स्थानीय सिद्धार्थ जन्मस्थली बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् । रासस

Logo