काठमाडौँ

शुक्रबार दिनभरि विभिन्न कार्यक्रम र उच्चस्तरिय भेटमा व्यस्त रहेका भारतीय प्रधानमन्त्री मोदी भ्रमणको दोस्रो दिन शनिबार (आज) काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम रहेको छ । "/>

मोदीको शनिबारको कार्यतालिका यस्तो

मोदीको शनिबारको कार्यतालिका यस्तो


काठमाडौँ

शुक्रबार दिनभरि विभिन्न कार्यक्रम र उच्चस्तरिय भेटमा व्यस्त रहेका भारतीय प्रधानमन्त्री मोदी भ्रमणको दोस्रो दिन शनिबार (आज) काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार अहिले ७ बजे पछि उनी मुक्तिनाथ तर्फ प्रस्थान गर्दैछन् ।

मोदी ह्यात होटलमा बास बसेकाले शनिबार बिहानै बौद्ध, चाबहिल, मित्रपार्क, गौशाला हुँदै एयरपोर्ट र तीनकुने क्षेत्रको यातायात प्रभावित हुनेछ । मोदी मुक्तिनाथको दर्शनपछि सिधै काठमाडौं फर्किने छन् । मुक्तिनाथबाट फर्किएपछि पशुपति दर्शनको कार्यक्रम रहेकाले पुनः तीनकुने, एयरपोर्ट, गौशाला र मित्रपार्क क्षेत्रको सवारी आवगमन प्रभावित हुनेछ ।

शनिबार दिउँसो २ बजेपछि मोदी नागरिक अभिनन्दनका लागि ह्यात होटलबाट राष्ट्रिय सभागृह पुग्नेछन् । होटलबाट सभागृह पुग्दा चाबहिल, गौशाला, तीनकुने, कोटेश्वर, बानेश्वर, माइतीघर, थापाथली, पुतलीसडक र रत्नपार्क क्षेत्रमा ट्राफिक जाम हुनेछ । महानगरपालिकाले राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गरेपछि मोदी शनिबार साँझ स्वदेश फर्किने छन् ।

Logo