पत्र-पत्रिका बाट

पार्टीमा फुट आएपछि विवेकशील साझाले दियो यस्तो प्रतिक्रिया

काठमाडौं

पार्टीमा विभाजन आएपछि विवेकशील साझा पार्टीले वैकल्पिक पार्टी निर्माणमा धोका भएको प्रतिक्रिया दिएको छ ।

विवेकशील साझाका संयोजक उज्वल थापाले निर्वाचन आयोगमा विवेकशील नेपाली दल नामको पार्टी दर्ता गरेपछि विवेकशील साझाले यस्तो प्रतिक्रिया दिएको हो ।

 विवेकशील साझाका संयोजक थापासहित १६ जनाले  विवेवशील नेपाली दल बनाएका छन् । विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले पार्टीमा आएको विभाजनबाट आफूहरु आश्चर्यमा परेको बताएका छन् ।

 कार्यशैली र कार्यप्रणालीलाई लिएर पार्टीमा देखिएका मतभिन्नता ३० गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने उनको भनाई छ । आचार्यद्वरा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो । थापासहितका नेताहरुको कदमले वैकल्पिक पार्टी निर्माणको उद्देश्यलाई घात र पार्टी निर्माणमा क्रियाशिल युवा र मतदाताप्रति अन्याय भएको विवेकशील साझाको ठहर छ । 

राजधानीबाट

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS