जुम्ल्याहा दिदी बहिनीको अनौठो ईच्छा

जुम्ल्याहा दिदी बहिनीको अनौठो ईच्छा


२० बर्षिया जुम्ल्याहा दिदी बहिनी एलिशा र सौनाको जे कुरा पनि एकै पटक गर्ने रहेको छ । केही दिनको फरकमा गर्भवती भएका यि दिदी बहिनीले अव एकै पटक सन्तान जन्माउने त्यो पनि छोरीनै होस् भन्ने चाहना राखेका छन् ।

क्रोनवेलकी बासिन्दा एलिशा र सौनाले फरक फरक पुरुषसंग एकै पटक विवाह गरेका थिए । सडक कामदारको रुपमा रहेका जिम्मी प्राइससंग एलिशाको विवाह भएपछि उनीले आगामी गर्मी महिनामा बच्चा जन्माउने योजना बनाएका थिए । त्यसको दुई दिन पछि काउन्टर असिस्टेनको रुपमा कार्यरत सौनाले पनि २३ बर्षिय कर्मचारी शेन लेथब्रिजमार्फत् बच्चा पाउने योजना बनाएको थाहा पाईन् ।

यो क्रममा उनीहरु दुबैले आफुलाई गर्भवती बनाउने प्रयास थाले । ३० साताको गर्भवती भएकी सौना भन्छिन्– हामी सानै देखि जे काम पनि संगै गर्न चाहन्थ्यौ । यो क्रमलाई हामीले अहिलेसम्म निरन्तरता दिइरहेका छौं । अहिले हामी हाम्रो बच्चा एकै दिनमा जन्मियोस् त्यो पनि छोरी भएर जन्मियोस् भन्ने चाहिरहेका छौं । यदी उनीहरु छोरी नै भए भने सायद उनीहरु पनि आफ्नो आमा जस्तै मिलेर बसुन् भन्ने हाम्रो चाहना हो ।

Logo