आफुसँगै उभिएका मोदीलाई ओलीको दनक- ‘काममा विलम्ब हुनु हुँदैन’

आफुसँगै उभिएका मोदीलाई ओलीको दनक- ‘काममा विलम्ब हुनु हुँदैन’


नेपालसँग बिभिन्न सहयोगको सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने भारतीय प्रवृति छ । अहिलेसम्म कार्यान्वयन नभएका साना तथा मझौला सम्झौताहरु अनेक छन् । सिमा क्षेत्रका स्थानीय र क्षेत्रीय सम्झौताहरु त कयौ छन् । राष्ट्रियस्तरका पनि १५ भन्दा बढी परियोजनाका सम्झौताहरु पूर्णरुपमा कार्यन्वयन हुन् सकेका छैनन् ।

यही कुरालाई इंगित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामुन्ने गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले घुमाउरो शैलीमा मोदीकै सामुन्ने एक्काइसौं सताब्दीमा काममा विलम्ब गर्न नहुने धारणा राखेका हुन् । ‘विभिन्न समयमा विभिन्न सम्झौताहरु भएका छन् तर काममा विलम्म भएका छन्। म आग्रह गर्न चाहन्छु, अब काममा विलम्ब होइन, हामीसँग विलम्व गर्ने समय छैन।’ ओलीले भने ।

रामायण सर्किट अन्तर्गत जनकपुर-अयोध्या-जनकपुर बस सेवा सञ्चालनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै उनले बृहत् रामायण सर्किटको विकास अघि बढाउने बताए ।

 

Logo