डोल्पा

जिल्ला प्रशासन कार्यालय डोल्पामा पहिलो पटक टोकन प्रणालीबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएको छ । "/>

डोल्पा जिल्ला प्रशासनमा टोकन प्रणालीबाट सेवा प्रदान

डोल्पा जिल्ला प्रशासनमा टोकन प्रणालीबाट सेवा प्रदान


डोल्पा

जिल्ला प्रशासन कार्यालय डोल्पामा पहिलो पटक टोकन प्रणालीबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएको छ । जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवाहरु प्रभाबकारी र बिचौलीयाको अन्त्य गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले नागरिक सहायता कक्षको स्थापना गरि टोकनबाट सेवा प्रदान गर्ने ब्यवस्था गरेको हो ।

प्रशासनमा सेवा लिन आएका नागरिकले अब नागरिक सहायता कक्षबाट नै सबै जानकारी पाउने र टोकन लिए पछि नागरिक सहायता कक्षको कर्मचारीले सेवा लिने नागरिकलाई सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने नागरीकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्नु पर्ने अबस्था रहने छैन कुन सेवाग्राही हो सोही अनुसारको फाँटमा पठाएर सेवा प्रदान गरिने छ ।

पहिलो दिन २ जना नागरिकलाई नागरिकता प्रदान गरेर सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनका अनुसार छार्काताङसोङ गाउँपालिकाका रेन्जेन छोवेल गुरुङ र डिलबहादुर केसिलाई टोकन प्रणलीबाट नागरिकता प्रदान गरिएको जानकारी दिए ।

जिल्ला प्रशासनको पहिलो ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पानीको जार सहित पिउने पानीको ब्यवस्था गरिएको छ । सबै भन्दा पहिले काम के हो सेवाग्राही सँग सोधपुछ गर्ने र काम केहि समय ढिला हुने वा लाइनमा भएमा पानी खाएर आरम गरि पालै पालो सेवा लिन सेवाग्राहीलाई उत्साहित गर्ने ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
राजधानीबाट

Logo