काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै भारतीय सेना नेपाल आएको प्रति सांसदहरुले विरोध जनाएका छन् । "/>

सांसदको प्रश्न, भारतीय सेना नेपालमा किन ?

सांसदको प्रश्न, भारतीय सेना नेपालमा किन ?


काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै भारतीय सेना नेपाल आएको प्रति सांसदहरुले विरोध जनाएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदले भारतीय सेना नेपाल आएको विषयमा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष समयमा बोल्ने क्रममा सांसद उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारले जानकारी दिनुपर्ने माग गरेकी हुन् । यस्तै सांसद बिन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको अतिक्रमण र दुव्र्यवहारबारे कुरा उठाउन आग्रह गरिन् । उनले प्रबुद्ध समूहले हालसम्म गरेको कार्य प्रगति पनि सार्वजनिक गर्न माग गरिन् । उनले भनिन्, नेपालको सीमा विवाद र भारतीय अत्याचारबारे कुरा गर्नुपर्छ । यसअघि भारत भ्रमणका क्रममा समकक्षी मोदीसंग भएको वान टु वान वार्ताबारे पनि संसदलाई जानकारी गराइयोस् ।’

यस्तै सांसद तारादेवी भट्टले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सुरक्षा बलले नेपाली माथि आक्रमण गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘कञ्चनपुरको प्यारा ताललाई कब्जा गर्ने उद्देश्यले भारतीय सुरक्षा फौजले आँखा लगाएको छ, यस्तै सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने काम गरिहेको छ ।’
अन्नपूर्णबाट

Logo