चितवन

चालू आर्थिक वर्षको वैशाख २३ सम्ममा चितवनमा एक सय ९५ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको ज्यान गएको छ । "/>

नारायणगढ–मुग्लिन सडकः दुर्घटनाको जोखिम उच्च

नारायणगढ–मुग्लिन सडकः दुर्घटनाको जोखिम उच्च


चितवन

चालू आर्थिक वर्षको वैशाख २३ सम्ममा चितवनमा एक सय ९५ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको ज्यान गएको छ । तीन सय ७१ जना घाइते भएका छन् । ती मध्ये नारायणगढ–मुग्लिन सडकखण्डमा मात्र ३० दुर्घटना भएका थिए । ती दुर्घटनामा १९ जनाको मृत्यु र ७० जना घाइते भए । आर्थिक वर्ष २०७०,७१ देखि २०७३,७४ सम्ममा मात्र नारायणगढ–मुग्लिन सडकमा एक सय २१ सवारी दुर्घटना भएका छन्, जसमा परेर ९७ जनाले ज्यान गुमाए । तीन सय एकजना घाइते भए ।

गएको आर्थिक वर्षमा मात्र चितवनमा दुई सय ५८ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा एक सय ६३ जनाको मृत्यु र ५ सय ७५ जना घाइते भएका थिए । उक्त समयमा नारायणगढ–मुग्लिन सडकमा मात्र ३५ सवारी दुर्घटना हुँदा ४७ जनाको ज्यान गएको र ९५ जना घाइते भएका थिए । नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाको संख्या बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए ।
नागरिकबाट

Logo