विराटनगर

११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद अधिवेशन बुधबार सकिएको छ । "/>

प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन

प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन


विराटनगर

११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद अधिवेशन बुधबार सकिएको छ । ९३ दिन सम्म चलेको संसद्को पहिलो अधिवेशन स्थायी राजधानी र प्रदेश नामकरणको मुख्य कार्यसूचीमा भने प्रवेशै नगरी सकिएको छ । प्रदेशको स्थायी राजधानी र नाम तोक्न सत्तारुढ दल भित्रै पनि ठूलो दबाब छ । खासगरी विराटनगरलाई राजधानी बनाउँदा प्रदेशको ठूलो जनसंख्यालाई पायक नहुने स्वर सत्तारुढ एमाले र माओवादी भित्रै बलियो छ ।

एमाले र माओवादीका ४१ जना सांसदले मंगलबार स्थायी राजधानी नतोकी संसद भवनमा पैसा खर्च नगर्न भन्दै सभामुखलाई हस्ताक्षर नै बुझाएका छन् । तर ‘राजधानी र नामको विवादमा फस्दा पाँच वर्षमा अरु काम गर्न नपाइने’ भन्दै आएका मुख्यमन्त्री शेरधन राई र मन्त्रीहरू भने यो विषय टार्दै जाने पक्षमा उभिएका छन् । त्यसैले पहिलो अधिवेशनमा यो विषय औपचारिक रूपमा संसद प्रवेश गराउन अघि सरेका सांसदलाई पार्टी नेतृत्वले रोकेको छ ।
नागरिकबाट

Logo