काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भीर रहेको बताएका छन् । "/>

प्रधानमन्त्रीलाई कर्णाली प्रदेशको ज्ञापन

प्रधानमन्त्रीलाई कर्णाली प्रदेशको ज्ञापन


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भीर रहेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधिको तर्फबाट बुधबार बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला लगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिँचाइ, ऊर्जा तथा विद्युतीकरण, सञ्चार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका विषयमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथासक्य बजेट विनियोजन गर्ने आश्वासन दिए ।
नेपाल समाचारपत्रबाट

Logo