काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गरेका छन् । "/>

सरकारका नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको छलफल

सरकारका नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको छलफल


काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गरेका छन् । मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रम माथि छलफल गरेका हुन् ।

सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । आगामी आवको बजेट भने जेठ १५ गते संघीय संसदमा पेश गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
रासस

Logo