काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबु प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । "/>

सेवाग्राहीहरुसँग मोटो रकम घुस लिने विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

सेवाग्राहीहरुसँग मोटो रकम घुस लिने विरुद्ध अख्तियारद्वारा मुद्दा दायर


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबु प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार जग्गाको नक्सा सुधार संशोधन गर्ने प्रयोजनमा सेवाग्राहीसँग ५० हजार घुस लिएको अभियोगमा केही दिन पहिले नापी अधिकृत साह पक्राउ परेका थिए । आयोगले मंगलबार विशेष अदालतमा नापी अधिकृत साहविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले गुठी संस्थान शाखा कार्यालय ललितपुरमा कार्यरत वरिष्ठ सहायक जीतेन्द्र चित्रकार र कार्यालय सहयोगी अनन्तबहादुर श्रेष्ठ विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले गोदावरी नगरपालिका–८ मा रहेको जग्गाको हक नामसारीका साथै जग्गा मोही हक खरिद विक्री सिफारिश गर्ने प्रयोजनमा सेवाग्राहीसँग २० हजार घुस मागेको भन्ने सूचनाका आधारमा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।

उता आयोगले मंगलबार मालपोत कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र खरिदार ओमबहादुर सुनारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले मोहियानी हक दाबी नामसारी गर्ने नियमानुसार हुने काम नगरी छिटोछरितो गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख घुस मागेको अभियोगमा आयोग टोलीले केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।
रासस

Logo