काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । "/>

पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई भने, ‘मोदीसँग झुक्ने खालको सम्झौता नगर्नू’

पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई भने, ‘मोदीसँग झुक्ने खालको सम्झौता नगर्नू’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति र सम्झौता गर्न सुझाव दिएका थिए । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले मोदीको भ्रमणका बेला राष्ट्रिय हितविपरितका कुनै पनि ठुला सम्झौता नगर्न पनि प्रम ओलीलाई सचेत गरेका थिए ।

प्रम ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेमा पनि छलफल गरेका छन् । त्यसक्रममा पूर्वप्रमहरुले नीति तथा कार्यक्रम समृद्ध नेपाललाई केन्द्रमा राखेर ल्याउन पनि सुझाव दिएका छन् ।

अघिल्ला प्रधानमन्त्रीहरु जस्तै ओलीले पनि नीति तथा कार्यक्रम ल्याउनुअघि पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । यो छलफलमा पूर्वप्रमहरु माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु उपस्थित थिए ।

Logo