काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको आइतबारका लागि निर्धारित त्रिविसभा (सिनेट बैठक) सो विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपस्थित हुन असमर्थता प्रकट गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । "/>

प्रधानमन्त्रीले किन ढाँटे त्रिभुवन विश्वविद्यालयलाई ?

प्रधानमन्त्रीले किन ढाँटे त्रिभुवन विश्वविद्यालयलाई ?


काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको आइतबारका लागि निर्धारित त्रिविसभा (सिनेट बैठक) सो विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपस्थित हुन असमर्थता प्रकट गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार सो बैठकका लागि सम्पूर्ण तयारी भएपछि शिक्षामन्त्रीले प्रधानमन्त्री अस्वस्थ भएका कारण बैठकमा आउन नसक्ने त्रिविका पदाधिकारीलाई जानकारी गराएका थिए । उनले प्रधानमन्त्री अस्वस्थ भने पनि प्रधानमन्त्री भने दिनभरि विविध कार्यक्रममा सहभागी रहेका थिए ।

त्रिविका एक पदाधिकारीले भने, ‘किन प्रधानमन्त्रीका तर्फबाट ढाँट्ने काम भयो बुझ्न सकिएन ।’ त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको बताउँदै उनले भने, ‘यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा मन्त्री मार्फत सभा बैठक स्थगन गर्न भन्नु भयो, मैले बैठक स्थगन गरेँ ।’ उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए ।
हिमालय टाइम्सबाट

Logo