काठमाडौँ

सरकारले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नेतृत्व हटाउने तयारी गरेको छ । "/>

प्राधिकरण र टेलिकम नेतृत्वप्रति सरकार असन्तुष्ट : हटाउने तयारी

प्राधिकरण र टेलिकम नेतृत्वप्रति सरकार असन्तुष्ट : हटाउने तयारी


काठमाडौँ

सरकारले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नेतृत्व हटाउने तयारी गरेको छ । प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको काम कारवाहीसँग असन्तुष्टी जनाउँदै हटाउने तयारी भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न निर्देशन दिएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाको कामप्रति असन्तुष्टी व्यक्त गर्दै सरकारले तत्काल कुनै पनि महत्वपूर्ण निर्णय नगरी यथावस्थामा काम गर्न निर्देशन दिएको छ । देउवा सरकारका पालामा दोस्रोपटक अध्यक्ष बनेका झाको काम कारवाही प्रति ओली सरकार सन्तुष्ट हुन सकेको छैन ।

गत मंसिर पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले झालाई दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रालय उच्च स्रोतका अनुसार लाइसेन्स, इजाजतपत्र, अनुमतिपत्र जारी नगर्ने, कुनै पनि सेवा थप नगर्ने, फ्रिक्वेन्सी वितरण नगर्ने, ग्रामीण दूरसञ्चारको कामहरूको निकासा नगर्ने र प्राधिकरणलाई आर्थिक भार पर्ने कुनै पनि दूरगामी प्रभाव पर्ने काम अघि नबढाउन निर्देशन दिइएको छ ।
कारोबारबाट

Logo