काठमाडौँ

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन् । "/>

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने


काठमाडौँ

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन् । खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा मन्त्रालयका योजना र अमेरिकी सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पुर्याउन मन्त्रालयले योजना बनाइरहेको जानकारी गराइन । ‘७ वटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ उनले भनिन, ‘खानेपानी मन्त्रालय जनताको चुलो र महिलासँग जोडिएकाले मन्त्रालयको नेतृत्वमा महिला नै पाउँदा जनताका अपेक्षा बढी छन् ।’ पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि अध्ययन भइरहेको मन्त्री मगरले बताइन् ।

सरसफाइलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको जानकारी गराउँदै उनले भनिन्, ‘खुला दिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको छ । आगामी असार भित्र शतप्रतिशत प्रगति हुन्छ।’ खुला दिसामुक्त घोषणा अभियानले सरसफाई सम्बन्धी बानी र चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।
नागरिकबाट

Logo