प्रदेशप्रदेश ३समाचारसमाज

फुल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको सकुशल उद्धार

काठमाडौं । ललितपुरको फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको सकुशल उद्धार गरिएको छ । काठमाडौंबाट शनिबार घुम्न गएका उनीहरु फूलचोकीबाट फर्कंदा जंगलमा वेपत्ता भएका थिए।

हराएकाहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेपछि प्रहरी परिसर ललितपुर खोजीमा जुटेको थियो। गए राती आठ बजे उनीहरुलाई प्रहरीले फेला पारेको हो। हराएकाहरुको उद्धारमा एक सय प्रहरीलाई सात टोली बनाएर जंगलमा परिचालन गरिएको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्रबहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँको प्रहरी टोली उद्धारमा खटिएको थियो।

झन्डै तीन घण्टाको खोजीपछि राति ८ बजे उनीहरुलाई फेला पारिएको प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्रसिंह धानुकले जानकारी दिए।

खोजि गर्दै जादाँ गोदावरी बसपार्कबाट करिब १० किलो मिटर पुर्व फुल्चोकी जंगलको बिच खोँचमा उनीहरु फेला परेका हुन्। उद्धारपछि प्रहरीले राती नै उनीहरुलाई अभिभावको जिम्मा लगाएको छ।

Comment here

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS